कैलालीमा थपिए अहिलेसम्मकै बढी संक्रमित, एकैदिन १८२ जनामा कोरोना पुष्टि
2020/07/02, 4:51

कैलालीमा एकैदिन एक सय ८२ जनामा कोरोना पुष्टि भएको छ । बिहीवार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा एक सय ६५ र धनगढी प्रयोगशालामा भएको परीक्षणमा १७ गरी जिल्लाका एक सय ८२ जनामा कोरोना पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ४० महिला र एक सय २५ पुरुष गरी एक सय ६५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।
धनगढीमा बिहीवार भएको परीक्षणमा कैलालीका १७ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । उनका अनुसार कैलालीको टीकापुरका १३ जना, कैलारी गाउँपालिकाका दुई जना र भजनी नगरपालिकाका दुई जनामा कोरोना पुष्टि भएको हो । योसंगै कैलालीमा संक्रमितको सङख्या ८ सय ७४ पुगेको छ ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/02, 5:55
2021/06/29, 3:30
2022/03/03, 7:02
2023/03/27, 12:05