
दार्चुलामा चट्याङ लागेर घाइते भएका तीन जना यार्सा संकलकको चार दिनपछि उद्धार गरिएको छ । मंगलबार उनीहरूलाई नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ ।

व्याँस गाउँपालिका–२ हुँम्दुङतीस्थित पाटनमा चट्याङ लागेर घाइते भएका दुँहु गाउँपालिका–२ हिकिलाका १८ वर्षीय महेश बडाल, पिपलचौरी बास्पालीका ३८ वर्षीय आनसिंह महरा र उनकी ३३ वर्षीया श्रीमती मानमतीलाई नेपालगन्ज पठाइएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिइन् ।
शनिवार राति चट्याङ लागेर उनीहरू घाइते भएका थिए । मौसम खराबीका कारण उनीहरूको उद्धारमा ढिलाइ भएको थियो ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/23, 5:29
2020/12/14, 7:32
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/01/01, 1:17