‘लम्पी स्किन’ रोगबाट पशुचौपाया मर्न थाले
2023/05/17, 12:33
 
‘लम्पी स्किन’ रोगबाट पशुचौपाया मर्न थाले

बैतडी - लम्पी स्किन रोगबाट तीन सय बढी घरपालुवा पशु मरेका छन् । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तका अनुसार उक्त रोगका कारण तीन सय २५ पशुचौपाया मरेका हुन् ।

समस्याका रूपमा फैलिएको लम्पी स्किन रोगका कारण गाईगोरु र भैँसी धमाधम मर्न थालेका छन् । जिल्लाभरि लम्पी स्किनका कारण तीन हजार बढी पशुचौपाया बिरामी परेका छन् । सबैभन्दा बढी मेलौली नगरपालिकामा लम्पी स्किनको प्रकोप फैलिएको बताइएको छ । मेलौलीमा लम्पी स्किनबाट एक हजार तीन सय ५० पशुचौपाया बिरामी परेका छन् भने २५ पशुचौपाया मरेका छन् । यस्तै दुई हजार चार सय पशुचौपाया प्रभावित भएका छन् । यस्तै जिल्लाको पाटन नगरपालिकामा तीन सय ५० पशुचौपाया बिरामी परेका छन् भने ११ पशुचौपाया मरेका छ सय पशुचौपाया प्रभावित भएका भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।