धनगढीस्थीत एक घरमा आगलागी
2023/06/16, 1:36
 
धनगढीस्थीत एक घरमा आगलागी

धनगढी - धनगढीस्थीत एक घरमा आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपहानगरपालिका–११ बेलातालका ४९ वर्षीय प्रेमप्रसाद भट्टको घरमा बिहीवार आगलागी भएको हो।

घरमा विजुलीको तार सर्ट भएर आगलागी प्रहरीले जनाएको छ। आगलागीबाट घरमा रहेको अन्नपात, लुगाकपडा, काठपात जलेर नष्ट हुँदा २० हजारको क्षती भएको छ। दमकल, प्रहरी र स्थानियहरुको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।