
बझाङ - बझाङमा यार्सा संकलकको लडेर मृत्यु भएको छ । बझाङमा यार्सा संलकन गर्न गएका सुर्मा गाउँपालिका वडा नम्बर ५ सैनगाउँ घर भएका अन्दाजी ३५ वर्षीय लडे जेठाराको यार्सा संकलनका क्रममा भीरबाट लडेर ज्यान गएको हो ।

सुर्मा ४ स्थीत हलेली भन्ने स्थानमा बिहीबार वेलुका ६ बजे लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । जेठ दोस्रो हप्ता यार्सा संकलनका लागि पार्थी हिमाल चढेका जेठारा बिहीबार बिरामी आमालाई भेट्न भन्दै घर फर्किरहेका थिए । एक्लै घर फर्किरहेका जेठाराको शव बिहीबार राति ८ बजे मात्रै भेटिएको स्थानीय दिपेश दमाईले बताए । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार घटनास्थलबाट शव ल्याएर मुचुल्का तयार गरिसकेको छ । सो सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/04/08, 1:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/22, 11:28
2021/12/23, 11:09