
धनगढी - कैलालीको धनगढीबाट एक जना क्लिनिक सञ्चालक लागुऔषधसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका १३ एयरपोर्ट जाने मोडमा गेटा मेडिको क्लिनिक सञ्चालन गर्दै आएका ३० वर्षीया गणेश बाग पक्राउ परेका हुन्।

डोटीको आदर्श गाउँपालिका वडा नम्बर १ का बागले सञ्चालन गरेको क्लिनिकमा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दका अनुसार बागले सञ्चालन गरेको क्लिनिकबाट त्रिंगा सप्ट नामक लागुऔषध ४७ ट्याब्लेट र एन्टिकफ ४८ पत्ता बरामद गरिएको बताए । कैलाली गाउँ प्रहरी चौकीको समूहले उनलाई नियन्त्रणमा लिएको बताएका छन् । क्लिनिक सञ्चालकमाथी प्रहरीले थप अनुसन्धान गरिरहेको उनले जानकारी दिएका छन् ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/22, 9:50
2021/06/12, 10:35
2022/02/04, 2:55
2023/02/17, 5:45