
धनगढी - धनगढीबाट लागुऔषधसहित ३ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१२ जुगेडा गाँउका ३५ वर्षीय शेर बहादुर भण्डारी र २७ वर्षीय राकेश भट्ट लागुऔषधसहित आइतवार पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थाई प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले भण्डारीले संचालन गरेको दुर्गेश्चरी मासु पसलमा शंकालागि चेकजाच गर्दा १ ग्राम लागुऔषध फेला परेको जनाएको छ।
यस्तै आइतवार साँझ धनगढी उपमहानगरपालिका–७ मनेहरा का २५ वर्षीय गोबिन्द राना लागुऔषधसहित पक्राउ परेका छन्। उनलाई शंकालागी चेकजाँच गर्दा १ ग्राम ७ मिलिग्राम लागुऔषध भेटिएको प्रहरीले जनाएको छ । सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/23, 8:07
2020/10/29, 12:47
2021/02/22, 11:49
2021/09/22, 2:11