
धनगढी - कैलालीको मोहन्यालका जनप्रतिनिधिमाथि कुटपिट गर्ने ४ जना पक्राउ परेका छन्। गाउँपालिकाको कार्यालय सार्ने विषयमा १२औँ गाउँसभामा विवाद हुँदा स्थानीयले जनप्रतिनिधिमाथि कुटपिट गरेका थिए।

स्थानीयको आक्रमणबाट अध्यक्ष देवीदत्त उपाध्यायको हातमा चोट लागेको र उपाध्यक्ष कमल साउदसहित वडा नम्बर ७ का अध्यक्ष नवराज कठायतलगायत घाइते भएका थिए। कुटपिट गर्ने ४ जनालाई इलाका प्रहरी कार्यालय सुखडले पक्राउ गरेको जनाएको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/23, 8:07
2020/10/29, 12:47
2021/02/22, 11:49
2021/09/22, 2:11