डडेल्धुरामा घरको छतबाट लड्दा महिलाको मृत्यु
2023/08/17, 1:25
 
डडेल्धुरामा घरको छतबाट लड्दा महिलाको मृत्यु

डडेल्धुरा - डडेल्धुरामा घरको छतबाट लड्दा एक महिलाको मृत्यु भएको छ। डडेल्धुराको अमरगढी नगरपालिका-५ तुफानडाँडाकी ४६ वर्षीया जानकीदेवी महरको छतबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

बुधवार साँझ आफ्नै घरको छतमा कपडा सुकाउने क्रममा लडेर घाइते भएकी जानकीदेवीको उपचारका लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको डडेल्धुरा प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराले उपचारका लागि डडेल्धुरा अस्पतालबाट धनगढी लैजाने क्रममा उनको बाटोमा मृत्यु भएको जनाएको छ।