कञ्चनपुरमा आगलागी हुदाँ बालबालिकाले हामफालेर जोगाए ज्यान, लाखौंको क्षति
2023/08/19, 2:24
 
कञ्चनपुरमा आगलागी हुदाँ बालबालिकाले हामफालेर जोगाए ज्यान, लाखौंको क्षति

कञ्चनपुर - कञ्चनपुरको भिमदत्त नगरपालीका ४ पुरानो बसपार्कस्थीत एक घरमा आगलागी भएको छ । शनिबार बिहान करिब ८ बजे कञ्चनपुर खोका छाप्रा उद्धार समिति स्थित रहेको एक घरमा आगलागी भएको प्रहरीले जनाएको छ।

उक्त घरमा जोशी मःमः सेन्टरका सञ्चालक गणेशराज जोशी डेरामा बस्दै आएका थिए । शनिबार बिहान करिब ८ बजे मःमःको लागि अचार बनाउने क्रममा ग्यास सिलिन्डर लिक हुँदा आगो लागेको गणेश राज जोशीले बताए । आगलागी हुँदा जग्गा किन्नको लागि राखेको नगद रु २ लाख सहित कोठामा रहेका लत्ता, कपडा लगायत सम्पूर्ण समान जलेर नष्ट भएको छ।

उक्त घरमा डेरामा बस्दै आएका गणेशराज जोशी र जोशीका भाइ केशव जोशीको परिवार सहित सात जना बस्दै आएका थिए। जसमा तिन बालबालिका पनि रहेका थिए। आगलागी हुँदा ८ वर्षीय बालिका बेबिना जोशी र तिन वर्षीय हिमांशु जोशी घर भित्र रहेका थिए । उनीहरूमै आगो लागि रहेको अवस्थामा हामफालेर ज्यान जोगाउन सफल भएका थिए। घटनाको समयमा जोशीको छोरी भित्र भए पनि स्थानीयले उनलाई बचाउन सफल भएका थिए । नेपाल प्रहरी, शस्त्र प्रहरी, दमकल र स्थानियको सहयोगमा आगो निभाउन सफल भएका थिए।