कैलाली गोदावरीका एक युवक लागुऔषधसहित पक्राउ
2023/08/19, 2:25
 
कैलाली गोदावरीका एक युवक लागुऔषधसहित पक्राउ

धनगढी - कैलाली गोदावरीका एक युवक लागुऔषधसहित पक्राउ परेका छन्। कञ्चनपुरको पुर्नवास नगरपालीका ११ डोकेबजारस्थीत भारतबाट नेपाल आउँदै गरेका गोदावरी नगरपालीका १ मनहरा घर भएका १७ बर्षिय कमल रिजाल पक्राउ परेका हुन्।

शसस्त्र प्रहरी शैलेश्वरी गण कैलालीबाट खटिएको शसस्त्र प्रहरी सहायक निरीक्षक नवराज भट्ट समेतको मोवाईल गस्ती टोलीले उनलाई पक्राउ गरेको हो। किशोरलाई आवस्यक कार्वाहीका लागी प्रहरी जिम्मा लगाइएको गणका गणपति प्रेम रावलले बताए।