कञ्चनपुरमा बस र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु, एक घाईते
2023/08/21, 2:44
 
कञ्चनपुरमा बस र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु, एक घाईते

कञ्चनपुर - कञ्चनपुरमा बस र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ क्याम्पस रोडमा म.१ क १७७ नम्बरको बस र सुदूरपश्चिम प्रदेश ०१०१२ प ६६१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

आइतबार दिउसो भएको सवारी दुर्घटनामा परेर गम्भिर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका–४ किचाईका २८ वर्षीय मदनबहादुर सिंहको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै मोटरसाइकलको पछाडि सवार अर्का एक जना यात्रु घाइते भएका छन्। उनको परिचय खुलेको छैन् । बस र बस चालकलाई नियन्त्रणमा लिइएको र दुर्घटनाको थप अनु्सन्धान भैरहेको प्रहरीले जनाएको छ।