३ महिनाभित्र सेती अस्पतालमा परिवर्तन ल्याउन सके फुलमाला लाउनु होलाः मुख्यमन्त्री शाह
2023/09/22, 1:12
 
ss

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले ३ महिनाभित्रमा सेती अस्पतालमा केही परिवर्तन ल्याउने प्रतिबद्धता गरेका छन् । आज सेती अस्पतालको अनुगमन गर्दै शाहले ३ महिनाभित्र देखिने गरी परिवर्तन ल्याउने प्रतिशद्धता ब्यक्त गरेका हुन् । अहिले तपाइहरुले ल्याउनुभएको फुलमाला लाएन भनेर चित्त दुखाउनुभयो होला हामीले यहाँको अवस्था बुझ्न आएका कारण माला लगाउन मानेनौँ उनले भने “अबको ३ महिनाभित्र सेतीमा परिवर्तन ल्याएपछि फुलमाला लाउनु होला, अहिले लाएको फुलमालाको कुनै अर्थ हुँदैन, त्यस कारण केही न केही परिवर्तन ल्याउनै पर्छ ।”

धेरै सेवा सुबिधा थप्न नसकिने अवस्था भएपनि सेती अस्पताललाई केही रुपमा अगाडी बढाउनुपर्छ भन्ने सहमती भएको छ मुख्यमन्त्री शाहले भने “कर्मचारीको समस्यालाई संगठन तथा व्यवस्थापन सर्वेक्षण ९ओएण्डएम० गरेर समाधान गर्ने तर्फ केन्द्रित हुनेछौँ, सेती संगै सुदूरपश्चिमका अन्य अस्पतालहरुलाई त्यही रुपले अगाडी बढाउने छौँ ।” यो सेती प्रादेशिक अस्पतालका लागी राज्यले दिने दायित्व एकातिर छ उनले भने “अर्को कुरा भएको जनशक्तीलाई ब्यवस्थापन गर्ने कुरा अर्को छ, राज्यले गर्नुपर्ने कुरा जतीसक्दो चाँडो गर्नेछौँ, बिचमा मेसु चेन्ज हुनुभयो उहाँ सरुवापछि धेरै कुरा उठे, तत्कालिन मेसु पाण्डेयको कामप्रती उच्च सम्मान छ तर उहाँले लामो समय नेतृत्व लिइसक्नुभएको थियो नयाँ फ्रेस नेतृत्व आए झन राम्रो हुन्छ त्यस कारण मेसु फेरिएका हुन् ।”


भौतिक परिवर्तन मात्रै होइन सेती अस्पताल बारे धेरै गुनासा छन् शाहले भने “ति गुनासा सम्बोधनमा चिकित्सक तथा स्वासथ्यकर्मीपनि चुक्नुभएको छ भने सुधार्नुहोला, तपाइका क्षेत्रबाट सुधार्ने कुरामा तपाई लाग्नुहोला हाम्रो तर्फबाट के के सुधार्नुपर्छ हामी सुधार्छौँ ।” कार्यक्रममा बोल्दै भौतिक पुर्वाधार बिकास मन्त्री प्रकाश देउवाले दुई दशककै अवस्थामा सेती रहेको बताए । म स्कुल पढ्दा र अहिले सेतीको चाप र गुनासो घटेको पाएन देउवाले भने “सेतीको अवस्था उस्तै छ, खाली यो चुनावी नारा मात्रै बन्यो काम कहिल्यै भएन, म मन्त्री भएका कारण भन्दापनि यस क्षेत्रको प्रतिनिधी भएर आएको हुँ, हामी सरकारमा हुँदा केही परिवर्तन ल्याउने गरी काम गर्नुपर्छ भनेको छु, मुख्यमन्त्रीले भने अनुसार चाँडै तपाइहरु परिवर्तनको अनुभुती गर्नु हुने छ ।”

यस्तै सामाजिक बिकास मन्त्री झपट साउँदले जनशक्तीको परिपुर्तीका लागी संगठन तथा व्यवस्थापन सर्वेक्षण ९ओएण्डएम० पास गर्नमा तयार रहेको बताए । हामी कर्मचारीहरुको अभाव समस्या समाधान गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण ९ओएण्डएम० पास गराउने छौँ उनले भने“ चिकित्सकहरुलाई इन्सेन्टिभका लागी पहल गरिरहेको छु, सके एक सय नसके ८० प्रतिशत इन्सेन्टिभको ब्यवस्था गर्ने छौँ तपाइहरु ढुक्क भएर आफ्नो सेवामा कटिबद्ध रहनु होला ।” सरकारले गर्ने काममा सरकार गर्छ तपाइहरुको काम तपाइहरु गर्नुस उनले भने “पदको दुरुपयोग नगर्नुहोला पछि कार्वाही समेत भोग्नुपर्ने छ, मैले धेरै कुरा सुनेको छु, ति कुरा सत्य सावित भए कार्वाही हुनेछ ।” सुदूरपश्चिमको एक मात्र रेफरल अस्पताल सेती प्रादेशिक अस्पताल जनशक्ती र भौतिक संरचना अभावमा लथालिगं छ । राजनितिक दलका चुनावी एजेण्डामा मात्रै समेटिने सेती अस्पताललाई सुधार गर्न कुनै नेतृत्वले सकेन । ५० शैया सहित तत्कालिन समयमा अञ्चल अस्पताल बनेको सेती अस्पताललाई प्रदेश माथहत ल्याएपनि न त शैया थप्न सकिएको छ, नत जनशक्ती नै । अस्पतालका नाममा राजनिति गर्न बाहेक नेतृत्वले खासै उपलब्धी गर्न सकेन । होइन इमरजेन्सी वार्डको बेडमा दुई जना बिरामी राख्नुपर्ने बाध्यता सधैँको हो । बेड अभावकै कारण एउटै बेडमा दुई बिरामी राख्नुपर्ने बाध्यताका बिच अस्पतालले जनशक्ती अभावमा एक÷दुई जना नर्सिङ कर्मचारीबाट वार्ड सञ्चालन गर्नुपरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा।शेर बहादूर कमरले बताए । हाल सेती प्रादेशिक अस्पतालमा एक्सरे गराउनकै लागीपनि महिनादिन कुनुपर्ने स्थिती छ । ओपीडी सेवा लिनकै लागी सेवाग्राहीले ६ घण्टासम्म लाइनमा लाग्नुपर्ने बाध्यता अँझै हट्न सकेको छैन । औषधी लिने देखी अन्य सेवाका लागी समेत सेती अस्पतालमा घण्टौँ लाइन लाग्नुपर्ने बाध्यता छ । अँझ पेट, हड्डी तथा नसा सम्बन्धीको कुनै सल्यक्रियाकै लागी सेती अस्पतालमा २ महिनादेखी ६ महिना सम्म पालो कुनुपर्ने स्थिती छ । यि संगै अस्पतालमा अन्य स साना समस्या थुपै्र छन् ।

तर अस्पताल प्रशासनले भने कर्मचारी र भौतिक पुर्वाधार अभावकै कारण समस्या समाधान हुन नसकेको दावी गर्छ । हामीसंग धेरै कुराहरुको अभाव छ, ढिलो भएपनि प्रदेश सरकारको आँखा पुगेको छ अब समाधान हुन्छ भन्ने पुर्ण बिश्वासमा छौँ अस्पताल ब्यवस्थापन समिति अध्यक्ष निर्मल शाहले भने “हामीसंग आवश्यक जनशक्ती भए यो अवस्था आउने थिएन, अब सरकारले कदम चाले हामीले त्यती दुख भोग्नु पर्दैन ।” सेती अस्पतालमा जनशक्ती अभाव देखाउँदै प्रस्तुती, सल्यक्रिया, एक्सरे लगायलका लागी सिमित कोटा तोकिएको छ । कोटा भन्दा बढी भए चिकित्सकहरुलेनै निजि संस्थामा पठाउने गरेका छन् । स्ती अस्पताललाई सरकारी लगानी अपरिहार्यनै छ । सरकारले जनशक्ती परिपुर्तीका लागी तत्काल पहल गरोस । तर अस्पताल भित्रको चरम बेथिती अन्त्य नभएसम्म त्यो लगानीलेपनि सार्थकता पाउने छैन ।