धनगढी उप–महानगरपालिकाद्वारा दुई ठाउँमा फूल बिक्री केन्द्र स्थापना
2023/11/13, 12:10
 
ss

धनगढी उप–महानगरपालिकाले दुई ठाउँमा फूल बिक्री केन्द्र स्थापना गरेको छ। उपमहानगरपालिकाले तालिम, बिउ र उपकरण दिएर फूल खेतीमा लाग्न प्रोत्साहन गरेपछि धनगढी किसानले यसबर्ष ठुलो मात्रामा फूल उत्पादन गरेका छन् । फूल, माला र सजावटका लागि विक्री वितरण गर्न सहज होस् भन्ने उद्देश्यले उपमहानगरपालिका अगाडी र सुपर मार्केट भाटभटेनीमा फूल बिक्री केन्द्र सञ्चालनमा ल्याइएको हो।

बिक्रि केन्द्रबाट विहानैदेखि फूल किन्नेहरु आउन थालेको स्टलमा रहेकी बिक्रिकर्ता किसान सुशिला बिष्टले बताइन्। आइतवार विहान दुवै बिक्रि केन्द्रको धनगढी उपमहानगरपालिकाका नगर उपप्रमुख कन्दकला कुमारी रानाले उद्घाटन गरेकी थिइन्।
उपप्रमुख रानाले धनगढीमा उत्पादन भएर बढी भएको फूले बिक्रि केन्द्रमा खरिद पनि गरिने जानकारी दिइन्। उनले स्थानीय फूल र माला खरिद गरि किसानलाई प्रोत्साहन गर्न आग्रह गरिन्। बिक्रि केन्द्रमा ताजा फूल र माला बिक्रिका लागि राखिएका छन्। यहाँ प्रतिमाला फूल एक सय र फूल एक किलोको चार सय रुपैँया मुल्य किसानले तोकेका छन्।

धनगढी उपमहानगरपालिकाको तालिम लगायतका अन्य कुरामा सहयोग पाएपछि विगतका वर्ष भन्दा यस वर्ष धनगढीमा फूल खेती गर्ने किसानहरूको संख्या बढेको छ। एक कट्ठादेखि डेढ बिघासम्म फूल खेती गरेका किसानहरू अहिले तिहारका लागि बिक्रि गर्ने काममा व्यस्त छन्।


धनगढी उपमहानगरपालिकाका अनुसार यसबर्ष मात्रै ८५ कठ्ठामा फूल खेती गरिएको छ। उपमहानगरपालिकाले आफैले पनि वडा ६ मा १५ कठ्ठा जमिनमा प्रर्दशनका लागि हाईव्रिड जातको फूल खेती गरिएको छ। उक्त जमिनमा २० टन फूल उत्पादन हुने लक्ष्य उपमहानगरपालिकाले राखेको छ। धनगढी उपमहानगरपालिकाले फूल विक्रिका लागि काठमाण्डौसम्म पनि सम्पर्क गरेको छ।