
दार्चुलामा २ लाखबढीको सुर्तीजन्य पदार्थ नष्ट गरिएको छ। दार्चुला भन्सार कार्यालयले अखाद्य बस्तुु तथा सुर्तीजन्य पदार्थ नष्ट गरेको हो। विभिन्न मितिमा बरामद गरिएका खान अयोग्य मिठाइ (पेठा) र सुर्ती बिडीजन्य वस्तु बुधबार सरोकारवाला पक्षको रहोवरमा नष्ट गरिएको कार्यालय प्रमुख शिवचन्द्र प्रसादले बताए।

भारतीय घोडा बिडी ७ सय १२ बण्डल, हाइक्लास ४० प्याकेट, पात भएको सुर्ती १६ किलोग्राम, पानछाप २ प्याकेट, पान मसला ५ प्याकेट, आन्टी ६० प्याकेट, ४२ पेटी पेठा लगायत गरेर २ लाख ३३ हजार बराबरको अखाद्य तथा सुर्तीजन्य पदार्थ नष्ट गरिएको उनले बताए। दार्चुलामा भारतबाट भन्सार छली ठूलो परिमाणमा बिडी तथा सुर्तिजन्य पदार्थ भित्रिदै आएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/19, 1:25
2024/12/02, 11:49
2020/06/28, 2:12
2020/11/05, 8:04