डडेल्धुरा अस्पतालको सीटी स्क्यान सेवा जनशक्ति अभाव हुँदा बन्द
2024/01/03, 1:35
 
sfrwefrwere

 डडेल्धुरा अस्पतालको सीटी स्क्यान सेवा जनशक्ति अभाव हुँदा बन्द भएको छ। मेडिकल सञ्चालनको तयारीमा रहेको डडेल्धुरा अस्पतालमा दक्ष जनशक्तिको अभावमा सीटी स्क्यान सेवा बन्द भएको हो।

रेडियोलोजिष्टको अभावमा तीन महिना यता सीटी स्क्यान सेवा बन्द रहेको अस्पतालका निमित्त मेसु डा।सन्तोष गुप्ताले जानकारी दिए । रेडियोलोष्टि यहाँबाट सरुवा भई गएपछि सीटी स्क्यान सेवा बन्द भएको उनले बताए। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेढ वर्ष पहिले छात्रवृत्तिबाट अध्ययन गरेका रेडियोलोजिष्टलाई करारमा डडेल्धुरा अस्पताल पठाएएको थियो। उहाँले १६ महिना काम गर्नुभयो । उनले भने ‘‘छात्रवृत्तिमा अध्ययन गरेकाले कम्तिमा एक वर्ष दुर्गममा काम गर्नुपर्ने प्रावधान छ ।’’ उहाँले करिब डेढ वर्ष काम गर्नुभयो र यहाँबाट सरुवा माग्नुभयो।

उहाँ गइसकेपछि मन्त्रालयले रेडियोलोजिष्ट पठाउन सकेको छैन । त्यसकारण करिब तीन महिना यता अस्पतालमा सीटी स्क्यान सेवा बन्द भएको छ । सीटी स्क्यान गराउन डडेल्धुरा लगायत सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्लाका बिरामीहरु कैलाली लगायत अन्य बाहिरि जिल्ला जान बाध्य भएका छन् । गत वर्ष सीटी स्क्यान सेवा सञ्चालनमा हुँदा ८०० बिरामीलाई सीटी स्क्यान सेवा दिएको उनले बताए।

सीटी स्क्यानसँगै विगतमा सुरुवात गरिएको प्याथोलोजी सेवा पनि हाल बन्द भएको उनले बताए । जनशक्ति नहुदा प्याथोलोजी सेवा पनि बन्द भएको उनले बताए। १४ वटा विभाग बनाई २१ जना कन्सल्टेन्ट डक्टरको दरबन्दि रहने गरी उपक्षेत्रीय अस्पताल सञ्चालन गरिएको थियो । अस्पतालले अहिलेसम्म उपक्षेत्रीय अस्पतालको दरबन्दी पाउन नसकेको र विषय विशेषज्ञ चिकित्सक नहुँदा यहाँका बिरामीलाई सेवा दिन नसकिएको निमित्त मेसु डा।गुप्ताले बताए ।