भारत–नेपाल मैत्री महोत्सवमा दुईदेशीय सम्बन्धका बारेमा चर्चा
2024/02/27, 11:39
 
ss

सुदूरपश्चिम प्रदेशका सार्बजनिक लेखासमितिका सभापति बिरबहादुर थापाले दुई देशको संस्कृतिक कार्यक्रमले नेपाल र भारतको सम्बन्धलाई मजबुद बनाउन सहयोग हुने बताएका छन् । भारत खिरी जिल्लाको चन्दन चौकीमा उत्तर प्रदेशको संस्कृति तथा पर्यटन विभाग र जिल्ला प्रशासनको संयुक्त आयोजना भएको भारत–नेपाल मैत्री महोत्सवका कार्यक्रमका प्रमुख अतिथी रुपमा बोल्दै सभापति थापाले सो कुरा बताएका हुन् ।

उनले यस्ता कार्यक्रमले दुबै देशको सम्बन्ध अझै बलिायो हुने बताएका छन् । दुई देशमा हुने सिमा अपराधका बिषयमा दुबै प्रशासन एक भएर लाग्नुपर्ने समेत बताए । अहिले सिमा भैरहेका दुई देश बिचका बिवाद स्थानीय तहबाटै मिलेर सामाधान गरी सुल्झाउन समेत उनले आग्रह गरेका छन् ।  ‘दुबैको संस्कृति बिकास गर्न सहकार्य हुनुपर्छ’ थापाले भने–‘यसले दुबै देशको भाईचारका लगि पनि सहयोग हुन्छ ।’ आदीवासीको बिकासका लागि दुबै देशका सरकार सहकार्य गरेर अघाडी बढ्न सके अझै प्रभावकारी हुने बताए ।

कार्यक्रमकी बिशिष्ठ अतिथी पुनर्वास नगरपालिकाकी उपमेयर भुलिया रानाले नेपाल र भारतका सीमा जोडिए आदिवासी थारु जातिको बाहुल्यता रहेको बताउदै उहाँहरुको एकअर्काको सस्कृतिका रुपले जोडिएकोले पनि दुई देशको भातृत्वलाई अझै मजबत बनाएको बताएका छन् । दुई देशको आदिबासीको संस्कृतिले जोडेको बताउदै यस्ता कार्यक्रम दुबै देश मिलेर संयुक्त रुपमा गर्नुपर्ने बताएकी छन् । यस्ता कार्यक्रमले दुबै देशको सम्बन्ध अझै बलियो हुने धारण समेत उनले व्यक्त गरिन् ।  महोत्सवलाई लखिमपुर खेरीका प्रमुख विकास अधिकृत अनिल कुमार सिंह, उत्तर प्रदेश संस्कृति तथा पर्यटन विभागका सहायक निर्देशक राजेश अहिरवारले समेत दुबै देशको सास्कृतिक सम्बन्धका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा ब्लक प्रमुख पलिया वीरेन्द्र कुमार शुक्ला, सांसद प्रतिनिधि दीपक तलवार, उप–कलेक्टर कार्तिकेय सिंह, परियोजना अधिकारी यूके सिंह आदि पनि उपस्थित थिए। कार्यक्रममा थारु जनकल्याण संस्था लखिमपुरका अध्यक्ष छैलविहारी राणा, महासचिव रामचन्द्र राणा, संयोजक रामनरेश राणा, लक्ष्मणप्रसाद राणा, ओमप्रकाश राणा लगायत पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो । सो अवसरमा दुवै देशका विभिन्न स्थानबाट आएका कलाकारहरुले विभिन्न लोकनृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा दुवै देशका लोक कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

उक्त अवसरमा नेपाल र भारतका विभिन्न लोक गायकहरुले सांगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए । लखनऊ र पिलीभीत आदिका कलाकारहरू पनि प्रमुख थिए। सो अवसरमा भारत–नेपाल फ्युजन ब्यान्ड शो, नेपाली सांस्कृतिक प्रदर्शनी, भोजपुरी, मैथिली भाषा तथा संस्कृति झल्कने हस्तकला प्रदर्शनी समेत आयोजना गरिएको थियो ।