
नेपाली युवा उद्यमी मञ्च कैलालीको अध्यक्षमा अच्युत दहाल सर्बसम्मत चयन भएका छ्न । मञ्चको ८ औं साधारण सभाले दहालको अध्यक्षतामा ११ सदस्यीय समिति सर्बसम्मत चयन गरेको हो ।

सुदुरपश्चिम प्रदेश सरकारका आर्थिक मालिला राज्यमन्त्री माननीय प्रकाश बहादुर बमको प्रमुख आतिथ्यमा भएको साधारण सभाले निबर्तमान अध्यक्ष तर्कराज भट्ट, प्रथम उपाध्यक्षमा आयुश हमाल, द्वितिय उपाध्यक्षमा आशिष शाहलाई चयन गरेको छ ।
त्यस्तै, सदस्यहरुमा भरत श्रेष्ठ, आयुश मोहपाल, बिरेन्द्र भट्ट, श्रवण भट्ट, आदित्य हमाल, गोबिन्द बोहरा र प्रीतम करिया निर्बिरोध चयन भएका छन ।

साधारण सभामा केन्द्रीय अध्यक्ष कुशल सुन्दर श्रेष्ठ, मञ्चका संस्थापक अध्यक्ष एबम कैलाली उधोग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझा, हिरा भण्डारी, रोशन भट्ट लगायतको उपस्थिति रहेको थियो ।
2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/09, 3:06
2020/11/22, 5:25
2022/12/30, 12:30