विश्व नै कोभिड १९ को सन्त्रासमा छ । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेसँगै विभिन्न कार्यालय तथा व्यक्तीगत कामहरु ‘भर्चुअल’ माध्यमबाट भइरहेका छन् । ‘भर्चुअल’ माध्यमबाट लकडाउनकै क्रममा विभिन्न सरकारी, बैंकिङ, पत्रकारीता लगायतका क्षेत्रहरुमा काम संचालन भए ।
शहरी क्षेत्रमा बसेका र इन्टरनेटको सहज पहुँच भएकाहरुका लागि त यो माध्यम निकै सहज बन्यो । तर, गाम्रीण तथा विकट क्षेत्रका स्थानीय तह, विद्यालय तथा सरकारी कार्यालयहरुमा भने ‘इन्टरनेट’ पहुँच सहज नहुँदा निकै समस्या भएको गुनासाहरु बढेका छन् । पहाडी र दुग्म जिल्लाहरुका वासिन्दाहरुले अव यसतो समस्याबाट छुटकारा पाउन थालेका छन् । निजि क्षेत्रबाट तार रहित ईन्टरनेट सेवा विस्तार हुन थालेपछि पहाडी जिल्लाहरुमा ईन्टरनेटको पहुँच वढ्न थालेको हो ।
सुदूरपश्चिम प्रदेशका विकट जिल्लाहरुलाई लक्षित गर्दै नर्मदा इन्फोसिस ग्रामीण क्षेत्रमा वायरलेस इन्टरनेट लाइन जडानको अवधारणा लिएर ईन्टरनेट सुविधा विस्तारमा लागिरहेको छ । तीन बर्षदेखि निरन्तर प्रभावकारी रुपमा काम गर्दै आएको नर्मदा इन्फोसिसले दुर्गम क्षेत्रमा स्थीर वायरलेस ब्राँडब्यान्ड नेटवर्कहरु परिचालनको काम गरिरहेको हो । महामारीकै बीचमा नर्मदाले दार्चुला, बैतडी, अछाम र बाजुराका विभिन्न कार्यालयहरुमा इन्फोसिसले वायरलेस नेटवर्क जडान गरिसकेको इन्फोसिसका फाउन्डर विशिष्ट भट्टले जानकारी दिए ।
आस्क फाउन्डेशनसँग मिलेर गरेको प्युठानमा टेलि मेडिसिन संचालनमा आएको हो । त्यस्तै, इन्फोसिसले ‘कोलिबिरी अफलाइन लर्निङ सफ्टवेयर’ पनि संचालनमा ल्याएको छ । यसको नेपाली भर्सन पनि चाँडै बजारमा आउँदै गरेको उनले जानकारी दिए । त्यस्तै बाजुरामा ‘कन्र्सन बाजुरा अनाथालय’लाई कुनै शुल्क बिना नै इन्टरनेट सेवा प्रदान गरिएको छ ।