निर्मला हत्याको दुई बर्ष पुग्न लाग्दा गाँठो फुकाउन कस्सिए आईजीपीः अनुसन्धान टुंगो लगाउन दुई डीआईजीलाई निर्देशन
2020/07/23, 5:09
 
nirmala pant

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई वर्ष पूरा हुँदैछ । यो घटना भइसकेपछि अनुसन्धानको जिम्मा पाएको नेपाल प्रहरीका तीन जना प्रमुख फेरिइसकेका छन् । तर, अनुसन्धान कहिले टुंगोमा पुग्ने हो, अझै निश्चित छैन । यसअघिका दुई आईजीपी सर्वेन्द्र खनाल र ठाकुर ज्ञवालीले यो घटनामाथिको अनुसन्धान टुंगोमा पु¥याउन सकेनन ।

सर्वेन्द्र खनालको कार्यकालमा अनुसन्धान नै गिजोलियो। ठाकुर ज्ञवालीले फाइल नै छोएनन् । यही बीचमा नेपाल प्रहरीमा प्रमुख बनेका शैलेश थापा क्षेत्रीले भने यो घटनाको अनुसन्धान निष्कर्षमा पु¥याउन सक्रियता देखाएका छन्। प्रहरीे उच्च श्रोतका अनुसार यसका लागि आईजीपी थापाले तीन डीआईजीसँग छलफल गरिसकेका छन ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख डीआईजी सहकुल थापा र सीआईबीकै पूर्व प्रमुख समेत रहेका डीआईजी निरज शाहीसँग घटना अनुसन्धानबारे उनले जानकारी लिएका हुन् ।

महानिरीक्षक थापाले यो घटना प्रहरीको छविसँग जोडिएकाले सुझबुझका साथ जतिसक्दो चाँडो टुंगोमा पु¥याउन सुदूरपश्चिम पैहरी प्रमुख सुवेदी र सीआईबी प्रमुख थालाई निर्देशन समेत दिएका छन् । प्रदेश प्रहरीको नेतृत्वमा हुने अनुसन्धानमा सीआईबीले विशेष सहयोग गर्नेछ ।

डीआईजी सहकुल थापा र उत्तमराज सुवेदी
यसअघि सीआईबी र प्रहरी महानिरीक्षकको सचिवालयबाट समेत विशेष टोली खटाएको भनिए पनि घटना अनुसन्धान टुंगिएको थिएन । घटनास्थलको प्रमाण संकलनमा लापरबाही गरेको, अनुसन्धानमा तदारुकता नदेखाएको भन्दै प्रहरीको आलोचना हुँदै आएको छ । हरेक आईजीपीका लागि यो घटनाको अनुसन्धान मुख्य चुनौती बन्ने गरेको छ । यो प्रकरणमा अनुसन्धान गर्ने प्रहरी विरुद्ध समेत मुद्दा चलाइएको छ ।

प्रहरीमाथि जथाभावी कारबाहीका कारण पनि नेतृत्वमाथि प्रश्न उठ्दै आएको छ । दुई वर्ष पहिले साउन १० गते हत्या गरिएकी निर्मलाको शव भोलिपल्ट उखुबारीमा फेला परेको थियो । प्रहरीले गठन गरेको छानबिन समिति र मानवअधिकार आयोगको छानबिन समितिले फरक फरक प्रतिवेदन बुझाएका छन । प्रहरीले समेत पटक पटक अनुसन्धान टोली फेर्दै आएको छ ।