सुदूरपश्चिका पाँच हजार बढी संक्रमित कोरोना जितेर डिस्चार्ज भएका छन् । आईतबारसम्म ६ हजार दुई सय १० जना संक्रमित भेटिएको सुदूरपश्चिमका पाँच हजार दुई सय ४१ जना डिस्चार्ज भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र ४३ जना संक्रमित संक्रमण मुक्त भएका छन्। डोटीबाट २३ जना, कञ्चनपुरबाट ९ जना, बझाङबाट ७ जना, सेती प्रादेशिक अस्पतालबाट तीन र टीकापुर अस्पतालबाट एकजना गरी ४३ जना डिस्चार्ज भएर घर फर्किएका छन् ।
कैलालीबाट सबैभन्दा बढि एक हजार चार सय ३० जना संक्रमण मुक्त भएको दावी गरिएको छ ।
यस्तै डोटीबाट आ सय ९२, अछामबाट आठ सय ४८, कञ्चनपुरबाट ६ सय ४६ बैतडीबाट तीन सय २५, बझाङबाट तीन सय १८, बाजुराबाट चार सय ४२, डडेल्धुराबाट दुई सय ९२ जना र दार्चुलाबाट ४१ संक्रमित डिस्चार्ज भएका छन् । सुदूरपश्चिममा अहिले सम्म १४ जनाको मृत्यु भएको छ ।