रोगभन्दा भोक ठुलोः गुजारा चलाउनै मुस्किल भएपछि भारत फर्कनेको लर्को 
2020/09/09, 10:13
 
corona

वैशाखको अन्तिमतिर घर फर्केका बैतडीको सिगास गाउँपालिका– ९ का लोकेन्द्रबहादुर धामी रोजगारीका लागि पुनः भारततिरै लागेका छन । चार महिना गाउँमा बेरोजगार बस्दा गुजारा गर्नै अप्ठ्यारो भएपछि भारत फर्कनु परेको उनले सुनाए । लोकेन्द्र पाँच वर्षदेखि भारतको राजधानी दिल्लीमा सुरक्षागार्डको रूपमा काम गर्दै आएका छन । गाउँमा चार महिनासम्म केही काम पाइनँ,’ ‘बेरोजगार बस्दा घर परिवार पाल्न पनि समस्या हुन थाल्यो । त्यही भएर पुरानै काममा जान लागेको हुँ ।’ 

1

रोजगारीका लागि भारत गएकाहरू कोरोना संक्रमणको डरले घर फर्किए पनि अहिले भोकसँग हारेर फेरी भारत जाने क्रम बढेको छ । केही महिना घर–गाउँमै बसेका उनीहरु गुजारा चलाउनै मुस्किल भएपछि फेरि भारत जान थालेका हुन । अहिले पुनः कामकै खोजीमा भारततिर फर्किनेको सीमा नाकामा लर्को छ । कैलालीका डबलबहादुर दमाईलाई भारत जाने इच्छा छैन । परिवार पाल्नकै लागि भारत जान गएका छन् ।

1

कैलालीको बर्दगोरिया गाउँपालिका–५, बैदीपुरका डबलले संसारभर कोरोना महामारीको त्रास फैलिएका वेला भारत जानु रहर नभई बाध्यता भएको बताए । कोरोना भाइरसको संक्रमण बढेपछि गत फागुनमा भारतबाट स्वदेश फर्किएका थिए । चार वर्षदेखि पन्जाबको लुधियानामा निजी गाडी चलाउँदै आएका उनी घर पाल्न नसक्ने अवस्था आएप्छि भारत पसेका हुन् । कामका भरमा आमा–बुबा, श्रीमती, छोराछोरी, भाइ बहिनी सहित १० जनाको परिवार पाल्नुपर्छ,’ ‘महामारीको वेला घरमा बस्न त कसलाई मन लाग्दैन । तर, यहाँ बसेर काम पाइएला जस्तो लागेन । कोरोनाको डर लागे पनि परिवार पाल्न भारत फर्कनैप¥यो ।’ 

त्रिनगर–गौरीफन्टा नाकाबाट मंगलवार पनि चार सय ४८ जना भारत पसेका छन । उनीहरुमध्ये चार सय २५ बढी नेपाली रहेको दावी गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर थापाले मंगलवार त्रिनगर नाका भएर स्वदेश फर्किनको संख्या चार सय २५ रहेको जानकारी दिए । उनका अनुसार कञ्चनपुरको गड्डाचौकी नाका भएर मंगलवार ८३ जना नेपाल स्वदेश फर्किएका छन् भने ८६ जना भारत पकेका छन् ।

1

चार महिना अघि भारतबाट घर फर्किएर फेरि भारत जान लागेका कैलाली गौरीगंगाका रमेश बिकले भने, ‘गाउँमा बसेर छाक टार्नै मुस्किल भयो । भारतमा कोरोना भाईरसले भयावह रुप लिएको जानकारी पाएको छु । तर छाक टार्न पनि जार्ने पर्ने भयो ।’ उनीसंगै रहेका इन्द्र चौधरीले पनि गुजारा चलाउन बाध्य भएर भारत गईरहेको बताए । बेरोजगार बस्दा छाक टार्न समेत गाहे भएपछि महामारीबीच पनि भारत फर्कनुपर्ने बाध्यता आएको अधिकांश सुदूरपश्चिमवासीको भनाई छ ।

महामारीबीच भारत जान लागेका बझाङका केशव विष्टले काम खोज्न अर्काको देश जानु बाध्यता भएको बताए । ‘गाउँमै काम गरेर छाक टार्ने व्यवस्था भए भारत जाने रहर थिएन,’ उनले भने, ‘तर दुई छाक टार्न पनि मुस्किल हुन थालेपछि भारत जानै प¥यो ।’ त्रिनगर नाका भएर सोमवार र बुधवार मात्रै एक हजार दुई सय बढि नेपाली भारत पसेका छन्। सोमवार त्रिनगर–गौरीफन्टा नाकाबाट सात सय ५६ जना भारत गएका थिए। फर्किनेहरू गाउँमा केही काम नपाएर जन्मथलो छाडेर जान लागेको बताउँछन ।  

2

बेरोजगार बस्दा छाक टार्न समेत गाह्रो भएपछि महामारीबीच पनि भारत फर्कनुपर्ने बाध्यता आएको उनीहरूको भनाइ छ । रोजगारीकै लागि भारत जान लागेका बझाङको केदारस्युँ गाउँपालिकाको देउराका भरत विष्टले महामारीको त्रास फैलिएका वेला काम खोज्न अर्काको देश जानु रहर नभएको बताए । ‘साँझ–बिहान छाक टार्ने समस्या नभएको भए यस्तो महामारीका वेला विदेश जाने रहर थिएन,’ भरतले भने, ‘यस्तो त्रासका वेला परिवारसँग घरमै बस्ने इच्छा कसलाई नहोला र ? स्वदेशमा सामान्य काम पनि नपाएपछि बिदेशिनुप¥यो ।’ 
भारतीय एसएसबीले अहिले परिचयपत्र खुल्ने कार्डका आधारमा नेपालीहरूलाई सिमानाकाबाट प्रवेश दिइरहेको छ । कतिपय भने बिरामी भनेर वडाका जनप्रतिनिधिको सिफारिस बनाएर समेत भारत जाने गरेको छन ।