
त्रिनगर–गौरीफन्टा नाका भएर ५ दिनको अवधिमा झण्डै तीन हजार नेपाली भारत पसेका छन्। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले दिएको जानकारी अनुसार पछिल्लो ५ दिनमा दुई हजार ८ सय ७७ जना उक्त नाका भएर भारत गएका छन्।

पछिल्लो केही सातायता प्रत्येक दिन ५ सय बढि नेपालीहरु रोजगारी खोज्दै भारत पसिरहेका छन्। प्रशासनले सार्वजनिक गरेको तथ्याङक अनुसार भदौ २९ गते ५ सय ९७ जना, भदौ ३० गते ६ सय १७, भदौ ३१ गते ५ सय २६, असोज १ गते ५ सय ८१ र असोज २ गते पाँच सय ५३ जना भारत पसेका छन्।
भारतबाट नेपाल फर्किनेको संख्या भने भारत जानेको भन्दा कम छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार भदौ २९ गते चार सय ५८ जना, भदौ ३० गते तीन सय ९३ जना, भदौ ३१ ग्ते चार सय ७० जना, असोज १ गते चार सय ९९ जना र असोज २ गते दुई सय ४६ जना नेपाली स्वदेश फर्किएका छन्।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/09/03, 4:59
2022/07/07, 6:51
2023/11/11, 2:22
2020/06/29, 7:10
2020/11/07, 7:54