
जिल्ला अस्पताल बैतडीमा स्थापना भएर सञ्चालनमा आएको पिसीआर प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा एक जनाको रिपोर्ट पोजेटिभ आएको छ।

आइतबार सार्वजनिक रिपोर्ट अनुसार ६६ जनाको परीक्षण गर्दा एक जनामा कोरोना पुष्टि भएको जिल्ला अस्पताल बैतडीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बरजंग सिंहले जानकारी दिए।
दशरथचन्द नगरपालिका ४ का ४३ वर्षीय पुरुषलाई कोरोना पुष्टि भएको उनले बताए। यो सँगै बैतडीमा संक्रमितको संख्या ३८८ पुगेको छ। जसमध्ये सक्रिय संक्रमित १३ जना मात्रै रहेको जनाइएको छ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/09/03, 4:59
2022/07/07, 6:51
2023/11/11, 2:22
2020/06/29, 7:10
2020/11/07, 7:54