सुदूरपश्चिमका बिभिन्न जिल्लाबाट ५ हजार ७ सय ४६ जना संक्रमित डिस्चार्ज भएका छन ।आईतबार सेति अस्पतालबाट १, कन्चनपुरबाट ४, टिकापुर अस्पतालबाट १, महाकालीबाट ४ र बझाङबाट ४ जना गरी १५ जना डिस्चार्ज गरीएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
अहिले प्रदेशभर सक्रिय संक्रमितको संख्या आठ सय ७८ जना रहेको छन । सक्रिय संक्रमित सबैभन्दा बढी कैलालीमा ४ सय ५१ जना छन । यस्तै अछाममा ७६, बैतडीमा ६८, बझाङमा ७१, बाजुरामा ९, डडेल्धुरामा १२, दार्चुलामा ३०, डोटीमा १ सय १९ र कञ्चनपुरमा ४० जना रहेका छन । ५१ जना संक्रमित विभिन्न अस्पतालमा उपचाररत छन ।
बाँकी संक्रमित विभिन्न स्थानीय तहमा बनाइएका आइसोलेसन र होम क्वारेन्टाइनमा रहेका प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हाल सम्म ७८ हजार ९३४ वटा नमुना संकलन भएकोमा ७७ हजार ५२१ वटा नमुना जाँच भएका मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिएका छन ।