सात लाख बढी बराबरको अवैध सामान बरामद
2020/09/21, 2:58
 
Saman

कञ्चनपुरमा सशस्त्र प्रहरी बलले सात लाख बढी बराबरको अवैध सामान बरामद गरेको छ। जिल्लाको लालझाडी गाउँपालिका–६ को वन क्षेत्रबाट भन्सार छलेर ल्याइएको ७ लाख ५३ हजार ६ सय ५० बराबरको सामान बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्रबहादुर ऐरले जानकारी बताए। 

भन्सार छलेर ल्याइएको चार मोटरसाइलसहित भारतबाट ल्याइएको सुर्ति, गुटका, बिडी, चिनी, मटर दाना, कपडा, प्लाष्टिक पाइप, किराना सामान बरामद गरिएको हो। सामान तस्करीमा संलग्न व्यक्तिहरु भने भागेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्वाटर शैलेश्वरीले जनाएको छ। 

बरामद गरिएका सामान भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ।