कोरोनाको खतराः कित्ताकाट खुलेपछि मालपोत कार्यालयमा अत्याधिक भिड
2020/09/22, 5:24
 
corona

लकडाउन खुकुलो भएसँगै सरकारी  कार्यालय खुलेपनि सावधानी अपनाईएको पाईएको छैन् । सरकारले बनाएका सुरक्षा मापदण्ड भने सरकारी कार्यालयमै पालना भएको छैन् । कित्ताकाट खुलेपछि मालपोत कार्यालय कैलालीमा पहिलाको भन्दा दोब्बर भिड बढेको छ ।

कैलाली मालपोत कार्यालयको भिडले कोरोनाको खतरा वढेको छ । सुदूरपश्चिमको अस्थायी मुकाम तथा प्रदेशको मुख्य सहरका रुपमा रहेको धनगढीमा कोरोना भाइरस समुदाय स्तरमा समेत फैलिसकेको अवस्थामा मालपोतमा रहेको भिडले अझ कोरोना बढाउने खतरा बढेको छ ।

4

सरकारले निश्चित मापदण्ड अनुसार काम गराउन निर्देशन गरेपनि कार्यालयले कुनै मापदण्ड पालना गर्न नसकेको स्वयम् सेवाग्राही बताउँछन् । गौरीगंगाबाट जग्गा पास गर्न मालपोत कार्यालय पुगेका बसन्त परियारले भिडभाडमा काम गर्न धेरै समस्या भएको बताए । 

सरकारले निर्देशन गरे अनुसार मालपोत कार्यालय कैलालीले न त गेटमा ज्वरो नाप्ने नै व्यवस्था गरेको छ, नत सेनिटाईजर नै राखेको छ । झन केही सेवाग्राही त बिना मास्क लाईनमा कोचिएर काम गराईरहेका छन् । यसले कोरोना संक्रमण अझ भयावह हुने अवस्था थाहा पाएपनि सेवाग्राहीले पनि लापरवाही गरिरहेका छन् । 

डडेल्धुराबाट जमिन पास गर्न मालपोत कार्यालय कैलाली पुगेका नवराज नेपालीले भिडले कोरोना महामारी निम्तिने बताए । एकातिर कोरोना महामारी बढिरहेका बेला अर्को तर्फ भिडभाडले झन महामारीको संकेत देखाएको छ । मालपोत कार्यालयले भने भिडभाडलाई नै मध्यनजर गर्दै स्थानीय तह अन्तर्गत फरक÷फरक बार छुट्याएर काम गरेको दावी गरेको छ । सामाजिक दुरी कायम गर्न खोज्दा समेत नहुने अवस्था आएको कार्यालय प्रमुख सुरेन्द्र केसीले दावी गरे । कार्यालयका तर्फबाट हुने प्रयास गरिरहेको केसीले बताए ।