
सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरीमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा बुधवार थप ८ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पताल सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार चार पुरुष र चार महिला गरी ८ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै आज धनगढीका २६, भजनीका एक र कञ्चनपुरको कृष्णपुरका एक जनामा पनि कोरोना पुष्टि भएको छ।
धनगढी उप–महानगरपालिका वडा नम्वर २ का ८ जना र धनगढी उप–भमहानगरपालिका वडा नम्वर १३ का ८ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै धनगढीकै वडा नम्वर १, ३ र ५ का दुई÷दुई जना, वडा नम्वर ४ , ११, १४ र १८ का एक÷एक जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/27, 6:13
2022/01/28, 12:08
2022/07/10, 12:39