धनगढीमा कार्यरत थप तीन प्रहरीमा कोरोना पुष्टि
2020/09/24, 3:01
 
corona

धनगढीमा कार्यरत थप तीन जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा थप तीन जनामा संक्रमण पुष्टि भएको हो।

कार्यालयका निमित्त प्रमुख तथा प्रहरी वरिष्ठ उपरिक्षक मुकेश कुमार सिंहले सशस्त्र प्रहरी गुल्म धनगढीमा कार्यरत तीन जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

योसंगै सुदूरपश्चिम प्रदेशमा संक्रमित प्रहरीको संख्या एक सय ४० पुगेको छ। ८६ जनाले कोरोना जितेका छन् भने ५४ जना संक्रिय संक्रमित रहेको प्रहरी वरिष्ठ उपरिक्षक सिंहले बताए।