धनगढीका संक्रमित व्यापारीको सम्पर्कमा आएका एकै परिवारका १० जनामा कोरोना पुष्टि
2020/09/24, 3:25
 
corona

धनगढीका संक्रमित व्यापारीको सम्पर्कमा आएका एकैपरिवारका १० जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा धनगढी उपमहानगरपालिका वडा नम्बर ११ का १० जनामा कोरोना पुष्टि भएको छ।

उनीहरु सबै एकैपरिवारका सदस्य रहेको धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले जानकारी दिए।

उनका अनुसार वडा नम्बर ११ कै संक्रमित व्यापारी  (रिलेटिङ व्यवसाय) गर्ने व्यक्तिको सम्पर्कमा आएकाहरुको कन्ट्रयाक्ट ट्रेसिङका क्रममा एकै परिवारका १० जनामा संक्रण पुष्टि भएको हो।