सेती प्रादेशिक अस्पताल प्रयोगशाला परीक्षणमा थप ७ जनामा कोरोना पुष्टि
2020/09/25, 2:38

कैलालीका पाँच सहित थप ७ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा धनगढी उपमहानगरपालिकाका तीन जना, गोदावरी र टीकापुरका एक÷एक जना गरी थप ७ जनामा कोरोना पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा तीन सय २७ जनाको कोरोना परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।
श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर ३, ६ र १० का एक/एक जना, गोदावरी नगरपालिका वडा नम्बर ११, टीकापुर नगरपालिका वडा नम्बर १ का पनि एक/एक जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ९ का १ जना र दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ का एक जनामा कोरोना पोजेटिभ देखिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/27, 6:13
2022/01/28, 12:08
2022/07/10, 12:39