कैलालीका कोरोना संक्रमितको मृत्यु
2020/09/26, 2:47
 
korona

कैलालीका एक कोरोना संक्रमितको मृत्यु भएको छ। भरतपुर १० स्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत कैलालीको गोदावरी नगरपालिका १ का ३० वर्षीय युवकको मृत्यु भएको हो। 

उनीमा मृत्युपछि संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए। मृतक ती युवक श्वासप्रश्वासमा समस्या देखिएपछि शुक्रवार अस्पताल भर्ना भएका थिए।  उनको सोहीदिन राति मृत्यु भएको थियो। उनमा मृत्यु पश्चात् शनिवार मात्रै संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। 

ती पुरूषलाई सघन उपचार कक्ष (आइसीयू) मा राखेर उपचार गरिएको थियो। मृतक पुरूष मिर्गाैलाको दीर्घरोगी रहेको अस्पतालले जनाएको छ।