
धनगढी स्थित दिनेश एफएममा कार्यरत थप एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा २५ वर्षीय पुरुष कर्मचारीमा संक्रमण पुष्टि भएको एफएम व्यवस्थापनले जनाएको छ ।

बिहिवार एफएममै कार्यरत एक जनामा कोरोना पुष्टि भएपछि थप ११ जना कर्मचारीको कोरोना परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको हो ।
अन्य १० जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । यसअघि एफएममा कार्यरत ३७ वर्षीय पुरुष कर्मचारीमा कोरोना देखिएको थियो ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/23, 5:05
2021/10/15, 9:42