धनगढीमा कोरोना संक्रमितको संख्या ७ सय पुग्यो, १३२ घरमा ३६ जना मात्रै अस्पतालमा
2020/10/01, 8:47
 
corona

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा कोरोना संक्रमितको संख्या सात सय पुगेको छ । धनगढीमा बुधवार एकैदिन थप ९० जनामा संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या सात सय पुगेको उप–महानगरपालिकाले जनाएको छ ।

उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले दुई सय २९ महिला र चार सय ७१ पुरुषमा संक्रमण पुष्टि भएको जानकारी दिए । उनीहरु मध्ये एक सय ७४ महिला र तीन सय ३० पुरुष गरी पाँच सय चार जनाले कोरोना जितेका छन् । ५२ महिला र एक सय ४१ पुरुष गरी एक सय ९३ जना सक्रिय संक्रमित रहेको जनस्वास्थ्य निरिक्षक उपाध्यायले बताए ।

उनीहरु मध्ये ११ महिला र एक सय २१ पुरुष गरी एक सय ३२ जना संक्रमित आफ्नै घरमा छन् भने १६ महिला र २० पुरुष गरी ३६ जना अस्पताल र आईसोलेसन केन्द्रमा रहेका छन् । वडा नम्वर १, ४ र ५ का एक÷एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।