
कैलालीको टीकापुर नगरपालिकामा कार्यरत एक जना कर्मचारीमा कोरोनो संक्रमण देखिएपछि नगरपालिका सिल गरीएको छ ।

एकजना पुरुष कर्मचारीमा कोरोना देखिएको टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन अर्यालले बताए । कर्मचारीमा कोरोना देखिएपछि नगरपालिका एक हप्ता सिल गरीएको प्रमुख प्रशासकीय अधिकृत अर्यालले जानकारी दिए ।
उनले नगरपालिकाका सबै कर्मचारीलाई होम क्वारेन्टाइनमा राखिने बताए । आइतबार सम्म सबै कर्मचारीको स्वाब संकलन गरिने अर्यालले जानकारी दिए । टीकापुर नगरपालिकामा आज मात्रै १० जनामा कोरोना देखिएको उनले जानकारी दिए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/18, 2:29
2021/07/10, 1:16
2022/03/17, 12:03
2023/04/15, 1:21