जिल्ला समन्वय समिति कैलालीका कर्मचारीमा कोरोना पुष्टि
2020/10/10, 9:39
 
corona

जिल्ला समन्वय समिति कैलालीमा कार्यरत एकजना कर्मचारीमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा समन्वय समितिमा कार्यरत ४२ वर्षीय पुरुष कर्मचारीमा संक्रमण पुष्टि भएको हो।

जिससका निमित्त समन्वय अधिकारी नन्दराज पाण्डेले संक्रमण पुष्टि भएपछि ती कर्मचारी होम आईसोलेसनमा बसेको जानकारी दिए।उनीसँगै स्वाब दिएका दुई कर्मचारीको भने रिर्पोट आउन बाँकी रहेको पाण्डेले बताए।

यस्तै संक्रमण पुष्टि भएपछि अन्य कर्मचारीको समेत स्वाब संकलन गरिएको छ।