बैतडीको पाटन नगरपालिकामा कार्यरत दुईजना कर्मचारीमा कोरोना पुष्टि भएपछि नगरपालिकाले एक हप्ता सेवा बन्द गरेको छ। डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दुइजना कर्मचारीमा कोरोना पुष्टि भएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताएका छन्।
कर्मचारीमा संक्रमण देखिएपछि असोज ३० गतेसम्म नगरपालिका र १० वटै वडा कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द हुने छन्। यस्तै संक्रमित कर्मचारीको सम्पर्कमा रहेका नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि र अन्यको स्वाब संकलन गरेर कोरोना परीक्षण गरिने पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख महराले बताए।
संक्रमित दुवै जनालाई अहिले आइसोलेसनमा राखिएको छ भने उनीहरुको स्वास्थ्य अवस्था समान्य रहेको बताइएको छ।
2024/11/25, 11:55
2024/11/25, 11:52
2024/11/25, 11:46
2024/11/25, 11:45
2024/11/24, 5:28
2024/11/24, 5:12
2024/11/24, 5:03
2024/11/24, 4:58
2024/11/24, 4:56
2020/06/24, 6:46
2021/07/08, 9:49
2022/03/14, 11:56
2023/05/11, 9:29