कैलालीका थप ३५ जना र कञ्चनपुरका थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दुवै जिल्ला गरी ५२ जना र दार्चुलाका एक जनामा संक्रमण पुष्टि भएको हो।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उपमहानगरपालिकाको वडा नम्बर १२ का १० जना, वडा नम्बर १८ का ९ जना, वडा नम्बर १ का ४ जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए।
यस्तै वडा नम्बर ५, १४ र १७ का दुई दुई जना, त्यसैगरी वडा नम्बर ७, १३ र १५ का एक एक जनामा पनि संक्रमण पुष्टि भएको उनले बताए।
यस्तै कैलालीको बर्दगोरिया गाउँपालिकाका २ जना र गोदावरी नगरपालिका–१ का एक जनामा समेत कोरोना संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताए।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका ६ जना, पुर्नवास नगरपालिकाका ५ जना, शुक्लाफाटा नगरपालिकाका ४ जना र बेदकोट नगरपालिकाका २ जनामा पनि कोरोना देखिएको छ। भने, दार्चुलाको स्थानीय तह नखुलेको एक जनामा समेत कोरोना संक्रमण भेटिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।