
कञ्चनपुरमा छुट्टाछुट्टै स्थानमा दुई जना मृत भेटिएका छन्। जिल्लाको कृष्णपुरन नगरपालिका र महाकाली नगरपालिकामा दुई जना मृत भेटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमर थापाले कृष्णपुर नगरपालिका वडा नम्बर ७ का ३५ वर्षीय रमेश राना र महाकाली नगरपालिका वडा नम्बर १ को पशुपति टोलकी ३५ वर्षकै तुलसीदेवी सुनार मृत भेटिएको बताए।
रानाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ भने सुनारको शव परीक्षणपछि आफन्तले बुझेका छन्। उनीहरु दुवै जना झुण्डिएको अवस्थामा मृत भेटिएको बताउँदै प्रहरी नायब उपरिक्षक थापाले घटनाको अनुसन्धान भईरहेको जानकारी दिए।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/12, 4:08
2021/05/22, 11:16
2021/12/27, 5:28
2023/01/08, 4:57