धनगढीमा गरिएको परीक्षणमा थप ७७ जनामा कोरोना पुष्टि, धनगढीमा ३२ जना थपिए
2020/10/11, 4:05
 
corona

धनगढीमा गरिएको परीक्षणमा कैलाली, कञ्चनपुर, डडेल्धुरा र बैतडीका थप ७७ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा चार सय ६२ जनाको कोरोना परीक्षण गरिएकोमा थप ७७ जनामा भाइरसको सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिएका छन् । 

जसमध्ये धनगढी उपमहानगरपालिकाका मात्रै ३२ जना रहेका उनले बताए ।  धनगढीका थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा आइतबार थप ३२ जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ का १२ जना, वडा नम्बर ९ का ५ जना र वडा नम्बर २, ३ र ४ का ३/३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

यस्तै वडा नम्बर ५, ६, १५ र १६ का एक/एक जना, त्यसैगरी वडा नखुलेका २ जनामा पनि संक्रमण पुष्टि भएको उनले बताए। योसँगै धनगढीमा ९ सय ४९ पुगेको छ।