
लागुऔषध ब्राउन सुगरसहित कैलालीको धनगढी उपमहानगरपालिकाबाट दुई जना पक्राउ परेका छन्। धनगढीको वडा नम्बर ३ चटकपुरबाट धनगढी उपमहानगरपालिका १३ का २७ वर्षीय शुशिल चौधरी र सोही ठाउँका २६ वर्षीय बाल गोविन्द रानालाई प्रहरीले पक्राउ गरेको हो।




जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुसार चौधरीको साथबाट १ ग्राम ३१० मिलिग्राम ब्राउन सुगर, मोबाईल एक थान र नगद ३ हजार ९ सय ४५ बरामद गरिएको छ।
त्यस्तै उनकै साथमा रहेका रानाबाट १ ग्राम ७२० मिलिग्राम ब्राउन सुगर र मोबाईल एक थान बरामद गरिएको डिएसपी विष्टले बताए। पक्राउ परेका दुवै विरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



2021/02/26, 5:07
2021/02/26, 4:42
2021/02/26, 4:02
2021/02/26, 3:40
2021/02/26, 3:21
2021/02/26, 3:40
2021/02/24, 10:46
2021/02/23, 3:17
2021/02/23, 3:14
2021/02/11, 10:58
2020/08/29, 3:41
2021/02/12, 10:24
2020/08/30, 7:56