बलात्कारको घटना वृद्धि भइरहेको बेला यस्ता घटनामा संलग्नलाई कडा कारबाहीको माग गर्दै धनगढीमा आइतबार प्रदर्शन भएको छ। स्थानीय युवाहरुले बलात्कारीलाई फाँसीको सजायको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन्।
‘ह्याङ द रेपिष्ट, हामीलाई न्याय दे सरकार’ भन्दै धनगढीमा युवा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन । देशभर बलात्कारका घटना बढीरहेको बेला सरकार जघन्य अपराधमा पनि गम्भीर नभएको भन्दै दिनहुँ युवा विद्यार्थीहरुले प्रदर्शन गरिरहेकका हुन ।महिलाहरु देशभरी आफन्तबाट असुरक्षित भईरहेका बेलामा देशको सुरक्षा कहाँ छ ? सरकारले उक्त कुरालाई गम्भीर रुपमा नलिए कडा रुपमा प्रस्तुत हुने किशोर शाहले बताए ।
बलात्कारीलाई कडा भन्दा कारबाहि गरी बलात्कृत महिलालाई राज्यले न्याय दिनुपर्ने र अपराधिलाई कडा कारबाहि गरीनुपर्ने अर्का बिद्यार्थि लक्ष्मण भट्टले बताए । देशैभरी बलात्कार घटना वृद्धि भएकाले समाजिक संजाल मार्फत आह्वान गरी दिनहुँ प्रददर्शन भईरहेको र बलात्कारी फासीको सजाय हुनुपर्ने विद्यार्थी रोजी चन्दले बताईन ।
साथै उनीहरुले धनगढी बजारमा र्याली समेत निकालेका थिए।