धनगढीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका पुरुषको शव व्यवस्थापन गरिएको छ। उनको शव गोदावरी नगरपालिका–२ स्थित तेघरी सामुदायिक वनमा व्यवस्थापन गरिएको नेपाली सेनाले जनाएको छ।
कैलालीको तेघरीस्थित भवानी दल गणबाट सह–सेनानी नबलसिंह रोकायाको कमान्डमा खटिएको तालिम प्राप्त सैनिक टोलीले शव व्यवस्थापन गरेको हो। गणबाट मुलपण्डित समेत गई धार्मिक परम्परा बमोजिम अन्त्यष्टि गरिएको बताइएको छ।
सेती प्रादेशिक अस्पतालमा असोज २३ गतेदेखि उपचाररत धनगढी उप–महानगरपालिका–३ का ५२ वर्षीय पुरुषको आइतबार मृत्यु भएको थियो।
2024/11/25, 1:59
2024/11/25, 1:56
2024/11/25, 11:55
2024/11/25, 11:52
2024/11/24, 5:28
2024/11/24, 5:12
2024/11/24, 5:03
2024/11/24, 4:58
2024/11/24, 4:56
2020/09/23, 8:54
2024/01/04, 12:04