धनगढीमा हिरासतमा मृत्यु प्रकरणः १० प्रहरीमाथि कारबाही गरिने
2020/10/12, 1:17
 
death

धनगढी- धनगढीको सीमा प्रहरी चौकी बहुलियाका सई सहितका १० प्रहरीमाथि कारबाही गरिने भएको छ । पेशागत आचरण अनुसार काम नगरेको आरोपमा प्रहरी चौकी बहुलियाका इन्चार्ज प्रहरी नायब निरिक्षक गोपाल कार्की सहितका १० जना प्रहरीमाथि कारवाही हुने भएको हो ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले काम कारवाही सन्ताषजनक नदेखिएपछि चौकीमा कार्यरत सबै प्रहरीलाई जिल्ला तानेर छानविन भईरहेको जानकारी दिए । जिल्ला तानिनेमा कार्यालय सहयोगीदेखि इन्चार्जसम्मका प्रहरी कर्मचारी रहेका छन् । जसमा ईन्चार्ज कार्की सहितका तीन प्रहरीलाई गत साउन २८ मा हिरासतमा लिईएको फूलबारीका अमरबहादुर चन्दको मृत्यु प्रकरणमा छानविनका लागि जिल्ला तानिएको थियो भने अन्य प्रहरीलाई पछि जिल्ला तानिएको हो ।

प्रहरी सबै प्रहरीमाथि कारवाही गर्नुको कारण सन्तोषजनक काम नगरेको बताए पनि चन्दको मृत्यु प्रकरणमै अनुसन्धान गर्न उनीहरुलाई पनि जिल्ला तानेको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले जिल्ला झिकाईएका प्रहरीमाथि छानविन भईरहेकाले दोषी देखिए कारवाही गरिने बताए ।

गत २७ साउनमा मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा प्रहरी चौकी बहुलियाले नियन्त्रणमा लिएका फूलबारीका अमरबहादुर चन्द घाँटी रेटेको अवस्थामा शौचालयमा मृत भेटिएका थिए । तत्कालीन सयममा प्रहरीले चन्दले आत्महत्या गरेको दावी गरेपनि आफन्तले भने हत्याको आरोप लगाएका थिए । घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउने सहमतिपछि मृतकका आफन्तले शव बुझेका थिए । प्रहरीले छानविनका लागि एसपीको नेतृत्वमा टोली गठन गरेको थियो ।