कैलालीको भजनीमा स्थायी रुपमा ट्राफिक प्रहरी
2020/10/12, 2:13
 
traffic

कैलालीको पुरानो सदरमुकाम भजनीमा आजबाट स्थायी रुपमा ट्राफिक प्रहरी रहने भएको छ । यसअघि बेलाबेलामा मात्रै ट्राफिक प्रहरी खटाइने गरेको भजनीमा आजबाट भने दुईजना स्थायी रुपमै ट्राफिक प्रहरी रहने ब्यबस्था भएको हो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय सुदुरपश्चिम प्रदेशका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक बामदेव गौतम र भजनी नगरपालिकाका मेयर शेरबहादुर चौधरीले संयुक्त रुपमा आइतबार भजनीमा अस्थायी ट्राफिक प्रहरी पोस्टको उदघाटन गरेका छन ।

भजनी नगरपालिकाको लगानीमा निर्माण सम्पन्न भएको अस्थायी ट्राफिक प्रहरी पोस्टबाट अबदेखि सेवा शुरु गरिने प्रहरी उपरीक्षक गौतमले बताए । उनले चाडबाडको बेला मात्रै रहने ट्राफिक प्रहरी अबदेखि २४ सै घण्टा भजनी क्षेत्रमा रहने बताए ।

भजनी नगरपालिकाका मेयर शेर बहादुर चौधरीले ट्राफिक प्रहरी नहुदा सवारीसाधन ब्यबस्थापनमा निकै समस्या हुने गरेको बताए । उनले ट्राफिक प्रहरीको उपस्थित पछि हेलमेट नलाउने, तोकेको संख्या भन्दा बढी सवारी बोक्ने, मापसे गरेर सवारीसाधन चलाउने लगायतका समस्याको अन्त्य हुने बिश्वास व्यक्त गरे ।