धनगढी प्रयोगशालामा कोरोना परीक्षण गर्नेलाई नै कोरोना संक्रमण
2020/10/12, 5:48
 
corona

धनगढीको कोरोना प्रयोगशालामा कार्यरत एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक प्रयोगशालामा कोरोना जाँच गर्ने एक जनामा कोरोना पुष्टि भएको हो ।

धनगढी स्थित प्रयोगशालामा कार्यरत कर्मचारीलाईलाई कोरोना भएको सेती प्रादेशिक प्रयोगशालाले जनाएको छ । सुरुवातदेखि नै ती स्वास्थ्यकर्मीले संकलन भएको स्वाब परिक्षण गर्दै आएका छन् । 

उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनी अहिले सेल्फ आईसोलेसनमा छन् । कोरोना प्रयोगशालामा काम गर्नेलाई धनगढीमा पहिलो पटक संक्रमण देखिएको हो। सेती अस्पतालको प्रयोगशालामा काम गर्ने चार जनामा भने संक्रमण देखिएको थियो।