सशस्त्र प्रहरीद्धारा मोटरसाईकल सहित साढे दुई लाखको सामान बरामद
2020/10/13, 7:11
 
saman baramad

 कञ्चनपुरमा सशस्त्र प्रहरीले मोटरसाईकल सहित झण्डै साढे दुई लाख मूल्य बराबरको सामान बरामद गरेको छ।  

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी र मातहतका बोर्डर आउट पोष्टबाट खटिएको टोलीले दुई लाख ४२ हजार नौँ सय ५० रुपैँया बराबरको अवैध सामान बरामद गरेको हो।

पुर्नवास नगरपालिका वडा नम्बर १० को सीमा ईलाकाबाट उक्त मूल्य बराबरको मोटरसाईकल, स्वीट सुपारी, सुर्ती, बिडि, हार्डवरका सामान, तरकारीको बिउ र कपडा बरामद गरी आवश्यक कारवाहीका लागि कञ्चनपुर  भन्सार कार्यालयको जिम्मा लगाईएको छ।

यस्तै सशस्त्रले दुई जना भारतीय नागरिकलाई समेत पक्राउ गरी एसएसबीको जिम्मा लगाईएको जनाएको छ।

बरेलीका २५ वर्षीय असलम र २२ वर्षीय महामद अन्सारीलाई एसएसबीको जिमा लगाएको हो।