धनगढी असई हत्याः घटनामा संग्लन भएको आशंकामा १३ जना पक्राउ
2020/10/19, 7:47
 
death

धनगढीमा प्रहरी सहायक निरिक्षक (असइ) गोविन्द बिकको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको घटनामा १३ जना पक्राउ परेका छन् । अस्थायी प्रहरी विट जुगेडाका इन्चार्ज समेत रहेका प्रहरी सहायक निरिक्षक बिकको हत्यामा संलग्न भएको आशंकामा सुरुमा ११ जना पक्राउ परेकोमा त्यसपछि थप २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनामा संग्लन हुन सक्ने आशंकाका आधारमा उनीहरुलाई अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले जानकारी दिए ।  शनिबार साँझ नियमित गस्तीमा निस्केका बेला वेपत्ता भएका प्रहरी सहायक निरिक्षक बिकको शव नेपाल–भारत सीमा स्थित मोहना नदीमा घाँटी रेटिएको अवस्थामा आईतबार बिहान भेटिएको थियो । 

बिकले चढ्ने बा ५८ प ५२८४ नम्बरको मोटरसाइकल शव भेटिएको स्थानदेखि साढे २ किलोमिटर पश्चिमतर्फ भेटिएको थियो भने बिकसँग रहेको हतियार अझै फेला परेको छैन ।  बिकको हत्या जुगेडा क्षेत्रमा चोरी तस्करीमा संलग्न गिरोहले गरेको हुनसक्ने आशंका गरिएको छ । बिकसँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउँदको अवस्था भने अझै अज्ञात रहेको प्रहरीले जनाएको छ ।