आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कञ्चनपुरबाट महाकाली– मेची साइकल यात्रा सुरु
2020/11/04, 6:12

कञ्चनपुरबाट बुधबारदेखि देशव्यापी साइकल यात्रा सुरु भएको छ । विश्व साइकल यात्री पुष्कर शाहका नेतृत्वमा कञ्चनपुरको दोधारा चाँदनीबाट देशव्यापी साइकल यात्रा सुरु भएको हो ।

कोभिड १९ मा पनि आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डको प्रायोजन तथा ट्रेकिङ एजेन्सी एशोसिएसन नेपालको सहप्रायोजनमा महाकाली मेची साईकल यात्रा सुरु गरिएको हो ।
यात्रामा सहभागी भरतविक्रम शाहले पर्यटन प्रवद्र्धनसँगै स्वास्थ्य सचेतना फैलाउने उद्देश्य अनुरुप साइकल यात्रा सुरु भएको जानकारी दिए । महेन्द्रनगरबाट सुरु भएको महाकाली मेची साइकल यात्रा मंसिर ९ गते पूर्वको काकडभित्ता सम्म यात्रा पुगेर सम्पन्न हुने शाहले बताए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/27, 8:36
2022/06/07, 12:05
2023/09/05, 1:56