
सुदूरपश्चिममा डेढ हजार जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् । प्रदेशका ९ वटै जिल्लामा १ हजार ५ सय ४ जना सक्रिय संक्रमित रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।

सबैभन्दा बढी कैलालीमा ७ सय २२ जना सक्रिय संक्रमित रहेका छन् । दार्चुलामा १ सय ९८, बझाङमा १ सय ८०, डोटीमा १ सय २७, कञ्चनपुरमा ८०, अछाममा ७९, डडेल्धुरामा ५७ र बाजुरामा ७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । सुदूरपश्चिममा हालसम्म नौ हजार नौ सय ८७ जना कोरोना संक्रमित पुगेका छन् ।

2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/05/28, 12:17
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/16, 6:42
2020/12/02, 11:08
2022/03/18, 12:27
2023/04/16, 3:10